ad ad

समाज


ट्राफिक प्रहरी भन्छ : लामो दूरीका निजी सवारीसाधन पनि चलाउन पाइँदैन

ट्राफिक प्रहरी भन्छ : लामो दूरीका निजी सवारीसाधन पनि चलाउन पाइँदैन

नेपालखबर
चैत १०, २०७६ सोमबार ५:३०,

ट्राफिक प्रहरीले लामो दूरीको लागि निजी सवारीसाधन पनि नचलाउन अनुरोध गरेको बताएको छ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम प्रसाद ढकालले अत्यावश्यकबाहेकका सवारीसाधन नचलाउन अनुरोध गरेको जानकारी दिए।

सरकारले सोमबार लामो दूरीका सबै सवारीसाधन रोक्ने घोषणा गरेको छ।

‘हामीले लामो दूरीमा हिँड्ने सबै सवारीलाई नचलाउन अनुरोध गरेका छौँ’, ढकालले भने, ‘अत्यावश्यकबाहेक सबैलाई रोक्ने प्रयास गरेका छौं।’

उनले केही लामो दूरीका बसले यात्रु राखेर लैजान खोज्दा यात्रुलाई बसबाट झारेको दाबी गरेका छन्। उपत्यकाबाहेक एक जिल्लाबाट अर्को जिल्ला जाने यातायातलाई पनि रोकेको उनले दाबी गरे।

‘केही बस यात्रु बोकेर उपत्यकाबाहिर जान खोजे पनि नाकाबाट बाहिर जान दिएका छैनौँ’, नेपालखबरसँग उनले भने, ‘काठमाडौं उपत्यकामा पनि सकेसम्म सार्वजनिक यातायात नचलाउन अनुरोध गरेका छौँ।’

सरकारले सामान ढुवानीका सवारीसाधनलाई भने निर्बाधरुपमा चल्न पाउने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .