ad ad

राजनीति


ललितपुरमा विप्लवका माइला दाइसहित ६ जना पक्राउ

ललितपुरमा विप्लवका माइला दाइसहित ६ जना पक्राउ

नेपालखबर
चैत १०, २०७६ सोमबार ५:४१,

ललितपुरमा प्रहरीले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका ६ जनालाई पक्राउ गरेको छ।

नेत्र विक्रम चन्द विप्लवका माइला दाइ जयन्द्र चन्दसहित ६ जनालाई मानभवनबाट पक्राउ गरिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए।

आइतबार राति पक्राउ गरिएका अन्य व्यक्तिमा विनोद चन्द, प्रेम केसी, कमल सुनार, अनिल मगर र कृष्ण मगर छन्।

विप्लवका जेठा दाई यसअघि नै वीरगन्जबाट पक्राउ परिसकेका छन्। उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको एसएसपी राइले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .