ad ad

समाज


लकडाउनमा वडाध्यक्षद्वारा वडाबासीलाई सहज खाद्यान्न उपलब्ध

लकडाउनमा वडाध्यक्षद्वारा वडाबासीलाई सहज खाद्यान्न उपलब्ध

शैलेन्द्र महतो
चैत १३, २०७६ बिहिबार १५:४५,

कोरोना भाइरस संक्रमण रोकथाम गर्न नेपाल सरकारले गरेको लकडाउनका कारण बजारमा कालोबजारी बढेको छ। सहजरूपमा खाद्यान्न वस्तु नपाउँदा सर्वसाधारण समस्यामा परेकाछन्।

यस्तै संकटको बेला जनकपुरका एक वडाध्यक्षले सहज रुपमै खाद्यान्न सामग्री बजार भाउमा उपलब्ध गराएका छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले आफ्ना वडावासीलाई बिहीबार खाद्यान्न वस्तु सहजरूपमा बजार भाउमा उपलब्ध गराएका छन्।

आफ्नो वडाका १८ सय घरधुरीलाई प्रति घर ५ किलो आलु, २ किलो प्याज र एक प्याकेट नून सहजरुपमा उपलब्ध गराएको वडाध्यक्ष साहले बताए।

जानकी नगरस्थित जानकी पतंजलि योग साधना केन्द्रमा बोलाई ८ फिटको दूरी कायम गरी पंक्तिबद्ध तवरले आलु र प्याज वितरण गरेका हुन्।

उनका अनुसार बजार मूल्य आलु प्रतिकिलो ३५,प्याज प्रतिकिलो ४५ रुपैयाँ र नून २० रुपैयाँ प्याकेटको दरले सबैलाई उपलब्ध गराइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .