ad ad

समाज


माटोको ढिस्कोले पुरिँदा लमजुङमा एकजनाको मृत्यु

माटोको ढिस्कोले पुरिँदा लमजुङमा एकजनाको मृत्यु

वाशुदेव मिश्र
चैत १६, २०७६ आइतबार १२:३२,

लमजुङमा माटोको ढिस्कोले पुरिएका एकजनाको उपचारको क्रममा ज्यान गएको छ।

दोर्दी गाउँपालिका वडा नम्बर ९, टक्सारमा घर बनाउनको लागि ढुंगा निकाल्ने क्रममा आइतबार सोही ठाउँ बस्ने ४६ वर्षीय गमबहादुर बिक माटोको ढिस्कोले पुरिएका थिए।

उनलाई उद्दार गरि उपचारको लागि जिल्ला सामुदायिक अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको लमजुङका प्रहरी प्रमुख डीएसपी रवीन्द्र गुरुङले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .