ad ad

समाज


प्रदेश ५ का ५ निर्णयः तीन ठाउँमा तत्काल कोरोना परिक्षण प्रयोगशाला बनाउने

प्रदेश ५ का ५ निर्णयः तीन ठाउँमा तत्काल कोरोना परिक्षण प्रयोगशाला बनाउने

नेपालखबर
चैत १७, २०७६ सोमबार १२:०,

प्रदेश ५ को सरकारले कोरोना (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि नेपाल–भारत सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउनेलगायत पाँच निर्णय गरेको छ।

सो प्रादेशिक सरकारले आफ्नो प्रदेशमा तत्काल तीन वटा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ।

‘भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्र परिसरमा, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र नेपालगञ्जको भेरी अस्पतालमा तत्काल प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परीक्षण शुरु गर्ने,’ निर्णयमा भनिएको छ।

प्रदेश सरकार मन्त्रिपरिषदको सोमबार बसेको बैठकले गरेका सो निर्णयहरु गरेको हो।

अल्पत्र नागरिकलाई सम्बन्धित जिल्लामा पुर्याएपछि स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपीनको व्यवस्था गर्नुपर्ने उसले जनाएको छ।

त्यसैगरी निर्माण क्षेत्रमा काम गर्ने मजदुरलाई घर पठाउने व्यवस्था गर्ने, त्यसका लागि यातायातका साधनको पासको व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने र सम्बन्धित निर्माण कम्पनीले गाडीको व्यवस्था गर्ने निर्णय गरिएको छ।

‘खेती स्याहार्ने बेला भएकाले कृषि प्रयोजनमा प्रयोग हुने थ्रेसर, कम्बाइन मेशिन लगायत गाउँ र नगरपालिकाभित्र कार्यकारी अधिकृतले तथा जिल्लाभित्र र बाहिरका लागि प्रमुख जिल्ला अधिकारीले पासको व्यवस्था मिलाउने’ भनिएको छ।

त्यसैगरी एम्बुलेन्स चालकका लागि १२ वटै जिल्ला प्रशासन कार्यालयमा व्यक्तिगत सुरक्षा कवच (पीपीई) पठाइएको छ। ‘एम्बुलेन्स चालकलाई पीपीई उपलब्ध गराउने काम प्रमुख जिल्ला अधिकारीले गर्ने’ निर्णय गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .