ad ad

समाज


गण्डकीमा आएको पीपीईमा ‘गाउन्’मात्रै, रोकियो वितरण

गण्डकीमा आएको पीपीईमा ‘गाउन्’मात्रै, रोकियो वितरण

वाशुदेव मिश्र
चैत १९, २०७६ बुधबार ११:३०,

संघीय सरकारले गण्डकी प्रदेश सरकारलाई पठाएको पर्सनल प्रोटेक्टिभ इक्पिमेन्ट (पीपीई) मा लगाउने ‘गाउन्’मात्रै भएको पाइएको छ।

संघीय स्वास्थ्य मन्त्रालयले पठाएको पीपीई सेटमा गाउन् मात्रै भेटिएपछि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले यसको वितरण रोकेको छ।

पीपीई सेट बुधबार विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रमा पठाउने तयारी गरिएको थियो। चीन सरकारको सहयोगमा आएको १ हजार थान पीपीई मंगलबार बिहान पोखरा आइपुगेको थियो।

‘हाम्रो जिन्सी शाखाले खोलेर हेर्दा त्यहाँ गाउन् मात्रै भेटियो, यो चीनबाटै नआएको हो कि काठमाडौँमा छुटेको हो भन्नेबारे हामी बुझ्दैछौँ’, गण्डकी स्वास्थ्य निर्देशनलायका स्वास्थ्य शिक्षा प्रशिक्षक तथा सम्पर्क व्यक्ति नवराज शर्माले भने, ‘सामान नै अपुरो आएपछि बाँड्ने काम स्थगित गरिएएको छ।’

पीपीई सेटमा नाइट्रेलको पञ्जा, डिस्पोजेबल पोलीकोटेड गाउन वा पानी नछिर्ने (वाटर रेजिस्टन्ट) गाउन्, जुत्ताको कभर र प्रोटेक्टिभ गगल्स हुन्छ।

संघीय सरकारले गण्डकी स्वास्थ्य निर्देशनालयलाई एक हजार थान पीपीईसहित एक सेट पोर्टेबल भेन्टिलेटर, ४ सय थान एन–९५मास्क, १० थान आईआर थर्मामिटर र २÷२ हजार थान साधारण पञ्जा र मास्क दिएको जनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .