ad ad

समाज


पर्सामा मध्यराति बुहारी मारेर जलाउने सासू-ससुरा पक्राउ

पर्सामा मध्यराति बुहारी मारेर जलाउने सासू-ससुरा पक्राउ

नेपालखबर
चैत २३, २०७६ आइतबार ८:५८,

पर्साको एक गाउँमा मध्यराति बुहारी मारेर जलाउने सासू र ससुरास तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पोखरियास्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार सिंहका अनुसार बहुदरमाई नगरपालिका ८ रामनगरीका ५० वर्षका सुरेश पडित, उनकी श्रीमती फूलकुमारी देवी र उनीहरूका कान्छी बुहारी २३ वर्षीया मालतीदेवीलाई आइतबार बिहान पक्राउ गरिएको हो।

उनीहरूले घरकै सदस्य अर्थात् पडितका जेठी बुहारी २५ वर्षीया उर्मिला देवीलाई शनिबार मध्यराति मारेर जलाएको प्रहरी निरीक्षक सिंहले आइतबार दिउँसो नेपालखबरलाई जानकारी दिए।

‘राति ११ बजेतिर एक स्थानीयले फोन गरे- एक महिलालाई मारेर जलाइँदैछ,’ प्रहरी निरीक्षक सिंहले भने, ‘त्यसपछि जिल्ला प्रहरी कार्यालयसमेतको संयुक्त प्रहरी टोली घटनास्थल पुग्दा खरानीभित्र कमरको भाग पाइयो।’

शव उनीहरुकाे घरदेखि केही पश्चिम खाेलाकिनारमा जलाएकाे पाइएकाे उनले जानकारी दिए।  

त्यसपछि अनुसन्धान गर्दै जाँदा उर्मिलाकाे हत्या नै भएको देखिएपछि आइतबार बिहान ३ बजे उनका सासू-ससुरा र उनीहरूका कान्छी बुहारीलाई नियन्त्रणमा लिएको उनले बताए।

‘किन मारे भन्ने विषयमा अहिले केही खुलेको छैन,’ उनले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ।’

प्रहरीका अनुसार मृतक उर्मिला र पक्राउ परेकी फूलकुमारी दुवैका श्रीमान् विदेश छन्। 

जलेको शव राति नै फेला पारिए पनि त्यसको मुचुल्का गर्ने तथा हत्या हो होइन भन्ने बुझ्न समय लागेकाले घटनामा संलग्नहरूलाई बिहान मात्रै पक्राउ गरिएको प्रहरी निरीक्षक सिंहले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .