ad ad

समाज


विदेशमा रहेका नेपाली विद्यार्थीलाई इक्यानले सघाउने

विदेशमा रहेका नेपाली विद्यार्थीलाई इक्यानले सघाउने

नेपालखबर
चैत २४, २०७६ सोमबार २:३३,

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले उच्च शिक्षाका लागि विदेशमा रहेका नेपाली विद्यार्थीलाई सहयोग गर्न आपतकालीन फारममार्फत् समस्या दर्ता लिन थालेको छ।

फारममा संसारका कुनै पनि देशमा रहेका नेपाली विद्यार्थीले आफ्नो समस्या दर्ता गर्न सक्ने संघले जनाएको छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विदेशमा अध्ययनरत विद्यार्थीहरु समस्यामा पर्न थालेपछि त्यस्ता विद्यार्थीलाई सहयोग गर्न ‘इक्यान कोभिड १९ आपतकालीन रजिष्ट्रेसन फारम’ को शुरुवात गरेको अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए।

उनका अनुसार विद्यार्थीलाई आइपर्ने समस्या समाधानका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सम्बन्धित देशका दूतावास, गैह्र आवासीय नेपाली संघ (एनआरएनए), नेपालस्थित परामर्श संघहरु, सम्बन्धित देशका परामर्श संघ, कन्सलटेन्सी तथा विभिन्न संघसँग सहकार्य गरी सहयोग गरिनेछ।

यसअघि नेपाल राष्ट्र बैंकले नेपालबाट अभिभावकले विदेशमा रहेका आफ्ना विद्यार्थीलाई बढीमा ५०० अमेरिकी डलर खर्च पठाउन सक्ने व्यवस्था भइसकेको छ। सो रकम बढाउन पनि इक्यानले माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .