ad ad

समाज


तरुण दलद्वारा पोखरामा राहत वितरण

तरुण दलद्वारा पोखरामा राहत वितरण

वाशुदेव मिश्र
चैत २४, २०७६ सोमबार ९:३५,

तरुण दल कास्कीले पोखराका विभिन्न ठाउँमा बसोबास गर्दै आएका विपन्न परिवारलाई राहत उपलब्ध गराएको छ। कास्की बाहिर घर भई पोखरामा दैनिक ज्यालादारीमा काम गरिरहेकाहरुलाई तरुण दलले खाद्यान्न सहयोग गरेको हो।

पोखरा महानगरपालिका वडा नं ५ का २५ परिवार र वडा न. ४ का ४० परिवारलाई चामल, दाल, नुन, तेल लगायत खाद्य सामग्री सहयोग गरिएको तरुण दलका महासमिति सदस्य सुरजजंग राणाले जानकारी दिए।

खाद्य सामग्री वितरणको संयोजन भने नगर अध्यक्ष महेन्द्र पुन (भाञ्जा) ले गरेका थिए। तरुण दलले वडा नम्बर ५मा कांग्रेसका वडा सभापति फणिन्द्र पराजुली र सीता शर्मा, तरुण दल कास्कीका सभापति मनोज गुरुङलगायतको समन्वयमा राहत वितरण गरेको हो।

जनताको दुःखमा तरुण दल पनि सँगै रहेको सन्देश दिन खाद्यान्न वितरण गरिएको तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .