प्रदेश २ मा मंगलबारसम्म १ सय ३ जना कोरोन शकांस्पद बिरामीको स्वाब परीक्षण भएको छ।
प्रदेश भरि एक सय १९ जना शंकास्पद बिरामीको स्वाब संकल गरिएकोमा मंगलबार दिउँसोसम्म १ सय ३ जनाको रिपोर्ट आएको हो। जसमा हालसम्म सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयका बरिस्ठ अधिकृत विजय झाले जानकारी दिए।
उनका अनुसार प्रदेश २ मा कोरोना भाइरस संक्रमणको आशंकामा आठै जिल्लामा ९ सय ३६ जना शंकास्पद व्यक्ति क्वारेन्टिनमा छन् भने होम क्वारेन्टिनमा १ हजार २ सय १३ जना छन्। आठै जिल्लामा आइसोलेसनमा २२ जना भर्ना रहेको उनले बताए।
प्रतिक्रिया