ad ad

समाज


खोप पत्ता नलाग्दै लकडाउन हटाउनु जोखिमपूर्णः अध्ययन

खोप पत्ता नलाग्दै लकडाउन हटाउनु जोखिमपूर्णः अध्ययन

नेपालखबर
चैत २७, २०७६ बिहिबार १०:८,

कोरोना भाइरसको खोप पत्ता नलाग्दै लकडाउन अन्त्य गर्नु जोखिमपूर्ण भएको निश्कर्ष अनुसन्धाताहरुले निकालेका छन्।

चीनको अनुभवमा आधारित भएर युनिभर्सिटी अफ हङकङका अध्येताहरुले गरेको अनुसन्धानपछि उनीहरुले भाइरसको उपचार पत्ता नलागी व्यापार–व्यवसाय सञ्चालन गर्न दिए दोस्रो पटक महामारी फैलिनसक्ने चेतावनी दिएका हुन्।

चीनले अपनाएको आक्रामक विधिले भाइरस नियन्त्रण सम्भव भएको उनीहरुको ठहर छ।

‘यस्ता विधिले संक्रमणको संख्या निकै कम बनाएको छ। तर, यसविरुद्धको उपचार पत्ता नलागी व्यवसाय, कारखाना, स्कुल, सामाजिक आदानप्रदान बढ्दै जाँदा संक्रमणको संख्या पुनः बढ्न सक्छ,’ युनिभर्सिटी अफ हङकङका प्राध्यपक जोसेफ टी वु बताउँछन्, ‘किनभने कोभिड–१९ विश्वभर फैलिरहेको छ र आयातित संक्रमितले सार्न सक्छन्।’

चीनले एक संक्रमित भाइरस सार्ने औसत संख्या ३ बाट झारेर १ भन्दा तल ल्याइपु¥याएको उनीहरुको भनाइ छ। तर जनजीवन सामान्य हुनेबित्तिकै त्यो औसत संख्या पुन बढ्ने उनीहरुले बताएका छन्।

‘खोप पत्ता नलागुन्जेल आर्थिक क्रियाकलाप पुनः सुरु गर्नु र संक्रमण सर्ने औसत दर १ भन्दा तल राख्नु नै सबैभन्दा उत्तम रणनीति हो,’ वु भन्छन्।

सो अध्ययन ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .