ad ad

समाज


इन्डोनेसियामा मानिसलाई घरभित्र राख्न देखाइयो भूतको डर

इन्डोनेसियामा मानिसलाई घरभित्र राख्न देखाइयो भूतको डर

रोयटर्स
बैशाख २, २०७७ मंगलबार ६:२७,

इन्डोनेसियाको केपु गाउँमा केहि दिनयता ‘भूत’ले सताउन थालेको छ।

मानिसहरु खुरुखुरु हिँडिरहेका बेला रहस्यमयी सेतो जीउ भएकाहरु एक्कासी देखापर्छन् र सुटुक्कै एकातिर लाग्छन्।

जाभा टापुको यो गाउँमा तयार पारिएका यी ‘भूत’हरु गल्लीगल्लीमा निगरानी राख्नका लागि खटाइएका छन्।

पुस्तौंदेखि भूतको अन्धविश्वास निकै बलियो भएको यस ठाउँका मानिसलाई घरबाहिर ननिस्कन भूतको डर प्रभावकारी हुने ठानी स्थानीयले यो उपाय अपनाएका हुन्।

‘हामीले अलि भिन्न उपाय अपनाउने बिचार गरेर यो अवधारणा ल्याएका हौं किनभने पोकङ (भूत) भयानक डरलाग्दा देखिन्छन्,’ सो गाउँको युवा समूह प्रमुख अन्जर पन्कानिङत्यासले भने।

त्यो ठाउँमा कोरोना भाइरस फैलिन थालेपछि उनले स्थानीय प्रहरीसँग मिलेर त्यहाँ मानिसहरु बीच दूरी कायम गर्न यो परम्परागत विश्वासको साहारा लिएका हुन्। 

त्यहाँ पोकङ भनी चिनिने ती ‘भूत’हरु खोलजस्तै ठूलो एउटै कपडाले ढाकिएका हुन्छन् भने अनुहारमा पाउडर दलिएको हुन्छ र आँखा वरिपरि पनि रंगाइएको हुन्छ।

इन्डोनेसियाको रुढिवादी मान्यतामा विश्वास गर्नेहरुले त्यस्ता भूतलाई मृत्युपछि भड्किएका आत्माको रुपमा लिन्छन् र निकै तीसँग निकै डराउँछन्।

तर यो महिना जब तिनीहरु देखापर्न थाले त्यसको प्रभाव भने केहि ठाउँमा सोँचेभन्दा उल्टो भयो। मानिसहरु डराएर भित्र बस्नुको साटो झन् ती भूतजस्ता देखिने जन्तुलाई एकपटक हेर्न भनी बाहिर झुम्मिन थाले।

त्यसपछि आयोजकहरुले त्यसमा केहि परिवर्तन ल्याए र स्थानीय स्वयंसेवीहरु नै भूतको भूमिकामा देखिन थाले।

हालै रोयटर्स संवाददाता केपु गाउँ पुग्दा भूतको अवधारणाले काम गरेको पाइयो।

भूतजस्ता जीव देख्दा गाउँलेहरु भागेको देखिन्थ्यो।

‘पोकङ (भूत) देखिन थालेपछि अभिभावक र बालबालिका पनि घरबाहिर निस्कन छाडेका छन्,’ स्थानीय कार्नो सुपम्दोले बताए। ‘साँझको प्रार्थनापछि मानिसहरु गल्लीमा भेला हुन र बस्न छाडेका छन्।’

त्यहाँका राष्ट्रपति जोको विदोदोले देशव्यापी लकडाउन लागु गर्न भने चाहेका छैनन्। उनले आमजनतालाई व्यक्ति–व्यक्तिबीचको दूरी कायम गर्न र राम्रो सरसफाई गर्न आव्हान गरेका छन्।

तर कोरोना भाइरसका कारण एसियामा चीनपछि सबैभन्दा धेरै मृत्यु इन्डोनेसियामै भएपछि त्यहाँका केहि स्थानीय समुदायले भने आआफ्नै तहमा कडा कदम चाल्न थालेका छन्।
यसै सिलसिलामा केपु गाउँमा भूतको उपाय अपनाइएको हो।

‘स्थानीयवासीहरुमा अझै पनि कोभिड–१९ को संक्रमण रोक्नेबारे सचेतनाको अभाव छ,’ सो गाउँका प्रमुख प्रियदीले भने। ‘उनीहरु अझै पनि सामान्य जनजीवन नै बिताउन चाहन्छन् र उनीहरुलाई सामान्य तरिकाले नियम लागु गर्न निकै कठिन छ।’

इन्डोनेसियामा ४ हजार २ सय ४१ मा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ३ सय ७३ जनाको यहि भाइरसका कारण मृत्यु भइसकेको छ। यो संख्या अझै बढ्ने अनुमान गरिएको छ।

युनिभर्सिटी अफ इन्डोनेसियाका अनुसन्धानकर्ताहरुले त्यहाँ मृतकको संख्या १ लाख ४० हजार र संक्रमितको संख्या १५ लाख सम्म पुग्नसक्ने अनुमान गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .