ad ad

समाज


सनसिटीमा बस्ने दुई जनामा कोरोना संक्रमण, एक जनामा देखिएनः स्वास्थ्य मन्त्रालय

सनसिटीमा बस्ने दुई जनामा कोरोना संक्रमण, एक जनामा देखिएनः स्वास्थ्य मन्त्रालय

नेपालखबर
बैशाख २, २०७७ मंगलबार ७:५९,

पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बसेका एकै परिवारका तीन जना मध्ये एक जनाको पीसीआर परीक्षणमा कोरोना संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मंगलबार आएको रिपोर्टमा ८१ वर्षीय आमा र ५७ वर्षीय छोरामा कोरोना पोजिटिभ देखिएको थियो भने बुहारीको कोरोना नेगेटिभ देखिएको मन्त्रालयले पुष्टि गरेको हो ।

सोमबार र्‍यापिड डायग्नष्टिक टेष्ट (आडीटी) बिधिबाट परीक्षणका क्रममा एकै परिवारका तीन जनाको कोरोना पोजिटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरेर पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

बेलायतबाट चैत ५ गते नेपाल फर्केका उनीहरु सनसिटी अपार्टमेन्टमा बसोबास गर्दै आएका छन् ।

अपार्टमेन्टमा बस्ने २ जनामा संक्रमण पुष्टि भएपछि प्रहरीले सो अपार्टमेन्टमा बस्ने सबैको परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयले बताएकाे छ।

याे पनि: 
सनसिटी अपार्टमेन्ट बस्ने आमा छोरामा कोरोना संक्रमण पुष्टि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .