भारतमा कोरोना भाइरस (कोभिड १९) का संक्रमितको संख्या १३ हजार ३८७ पुगेको छ।
शुक्रबार दिउँसो स्वास्थ्य मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिङ कार्यक्रममा अहिलेसम्म ४३७ जानको संक्रमणबाट मृत्यु भएको बताएको छ। त्यस्तै अहिलेसम्म १ हजार ७४९ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७ नयाँ बिरामी थपिएका छन् भने सोही अवधिमा २३ जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार अप्रिल १ देखि बढ्दै गएको कोरोना संक्रमणको वृद्धिदरमा ४० प्रतिशतले कमी आएको छ।
प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सचिव कोरोना जाँचका लागि ५ लाख किट प्रदेशहरुमा पठाइएको जानकारी दिए।
‘अहिलेसम्म १ हजार ७४९ जना संक्रमित निको भएर घर फर्कनुभएको छ। र्यापिड टेस्टका लागि ५ लाख किट राज्यमा पठाइएको छ’, उनले भने, ‘अप्रिल १ देखि अहिलेसम्म संक्रमण वृद्धिदरमा ४० प्रतिशतले कमी आएको छ।’
मन्त्रालयले अहिलेसम्म देशमा अत्यावश्यक वस्तु र सेवाको स्थिति नियन्त्रणमै रहेको जानकारी दिएको छ।
प्रतिक्रिया