पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा गाईले हानेर आज एक जनाको मृत्यु भएको छ।
चराउन गएका बेला बाटोबाट गाईले हानेर धकेल्दा उक्त गाउँपालिकाको वडा नं ६ गोहारठाना बस्ने ५० वर्षीय चन्द्रबहादुर रासकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घर नजिकै गाईवस्तु चराउने क्रममा गाईले हानेर बाटोमुनि पुगेका रासकोटीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए। रासस
प्रतिक्रिया