ad ad

समाज


टेकु अस्पतालमा उपचाररत कोरोना संक्रमित युवती त आज डिस्चार्ज भइन्, युवक कहिले होलान्?

टेकु अस्पतालमा उपचाररत कोरोना संक्रमित युवती त आज डिस्चार्ज भइन्, युवक कहिले होलान्?

नेपालखबर
बैशाख ६, २०७७ शनिबार ८:५३,

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित दुई जनामध्ये एक जना आज अर्थात् शनिबार दिउँसो निको भएर घर फर्केका छन्।

काठमाडौं नै घर भएकी १९ वर्षीया युवती कोरोना भाइरसबाट मुक्त भएपछि आज डिस्चार्ज भएकी हुन्। उनी नेपालकी दोस्रो संक्रमित थिइन्।

त्यही अस्पतालमा अर्का कोरोना संक्रमित धादिङका ३२ वर्षीय युवक पनि उपचारमा छन्।

उनीचाहिँ कहिले डिस्चार्ज होलान् त?

टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी भन्छन्, ‘उनका विषयमा सम्भवतः पर्सि (सोमबार) निर्णय हुन्छ।’

निर्देशक डा. राजभण्डारीका अनुसार उनको अवस्था पनि एकदमै राम्रो भइसकेको छ। मात्रै अब प्राविधिक प्रक्रिया पूरा गर्न बाँकी छ।

‘४८ घण्टाभित्र दुईपटक नमुना परीक्षण गरिनेछ,’ उनले भने, ‘ती दुवै नतिजा नेगेटिभ (कोरोना नरहेको) आएपछि बिरामी डिस्चार्ज गरिनेछ।’

निर्देशक डा. राजभण्डारीका अनुसार उनको यो चरणको पहिलो जाँचका लागि नमुना भोलि अर्थात् आइतबार प्रयोगशालामा पठाइनेछ। त्यसको नतिजा २४ घण्टापछि आउनेछ। र, त्यसपछि पुनः अर्काे नमुना जाँच गरिनेछ।

‘जब यी दुवै रिपोर्ट नेगेटिभ आउनेछन् तब उनलाई डिस्चार्ज गरिनेछ,’ डा. राजभण्डारीले शनिबार दिउँसो नेपालखबरलाई जानकारी दिए, ‘यसरी हेर्दा पर्सिसम्ममा उनको फाइनल हुने देखिन्छ।’

ती युवककाे नमुना जाँचकाे नतिजा नेगेटिभ आउने र उनी डिस्चार्च हुने पक्काजस्तै रहेकाे उनकाे भनाइ छ। 

ती युवक नेपालका तेस्रो संक्रमित हुन्।

याे पनि: 

२७ दिनको अस्पताल बसाइपछि कोरोनालाई जितेर घर फर्किइन् दोस्रो संक्रमित युवती

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .