ad ad

राजनीति


नेकपाको नेतृत्वमा रहेका स्थानीय तहमा राहत वितरण पक्षपातपूर्ण भयो : कांग्रेस

नेकपाको नेतृत्वमा रहेका स्थानीय तहमा राहत वितरण पक्षपातपूर्ण भयो : कांग्रेस

नेपालखबर
बैशाख ६, २०७७ शनिबार ८:५७,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राहत वितरणका क्रममा अनियमितता भएको ठहर गरेको छ।

शनिबार बसेको पार्टीको पदाधिकारी बैठकले राहत वितरणमा अनियमिता भएको भएको ठहर गर्दै सर्वदलीय संयन्त्र बनाएर अनुगमन गर्न आग्रह गरेको छ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व रहेका स्थानीय तहहरुमा राहत वितरण पक्षपातपूर्ण भएको कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले बताए। विभिन्न स्थानीय तहबाट राहत वितरण पक्षपातपूर्ण भएको गुनासो आएकाले सर्वदलीय संयन्त्र बनाएर अनुगमनको व्यवस्था गर्न उनले माग गरे।

केन्द्र र प्रदेश सरकारले घोषणा गरेको गरेको राहत लक्षित समूहसम्म नपुगेकोले द्रूत गतिमा राहत पु¥याउन पनि कांग्रेसले सरकारलाई आपिल गरेको उनले जानकारी दिए। ‘सत्तारुढ दलले विजयी हासिल गरेका कतिपय स्थानीय तहमा राहत वितरणमा पक्षपातपूर्ण व्यवहार भएको भन्ने विषयलाई कांग्रेसले गम्भीर रुपमा लिएको छ’, प्रवक्ता शर्माले भने, ‘राहत वितरणको कार्यलार्ई न्यायोचित, पारदर्शी र व्यवस्थित बनाउन आग्रह गर्दै बैठकले स्थनीय तहमा सर्वदलीय अनुगमनको व्यवस्था गर्न आग्रह गरेको छ।’

राहत स्वरुप बैंकको व्याज मिनाहा गर्न सकिनेहरुको मिनाहा गर्न र न्यून गर्न सकिनेहरुको हकमा कम गर्ने गरी अगाडि बढ्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले अफ्ठ्यारोमा परेका नागरिकहरुका लागि सुरक्षित ढंगले जाने व्यवस्था गर्न सरकारसँग माग गरेको छ। साथै बाटोमा रहेका नागरिकलाई भोको पर्न नदिन आफ्ना कार्यकर्ताहरुलाई अपिल गरेको छ।

यसैगरी विदेशमा रहेका श्रमिक र विद्यार्थीहरुलाई पर्याप्त रहत नपुगेको विवरण सरकार समक्ष पेशगरी ध्यानाकर्षण गराउने र कुटनीतिक पहलका लागि आग्रह गर्ने निर्णय पनि कांग्रेस पदाधिकारी बैठकले गरेको छ।

लामो समयदेखि धार्चुलालगायत अन्य सीमा नाकामा रहेका नागरिकलाई प्रवेश नदिएको घटनालाई गम्भीर रुपमा लिएको बताउँदै कांग्रेसले उच्च मानवीय भावनाका साथ देश प्रवेश गर्ने वातावरण मिलाएर क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न आग्रह पनि सरकारलाई आग्रह गरेको छ।

घुम्ती परीक्षण सुरु गरी कोरोना भाइरसको परीक्षणको दायरा बढाउन पनि कांग्रेसले आग्रह गरेको छ। स्वास्थ्यकर्मी र सुरक्षाकर्मीेबीचमा आवश्यक समन्वय गरी कोरोना बाहेक अन्य रोगका विरामीको अवस्थालाई ध्यान दिन पनि कांग्रेसले आग्रह गरेको छ। स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामा अझै कारबाही प्रक्रिया अगाडि नबढाएको विषयमा पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .