ad ad

समाज


जर्मनीले भन्योः लकडाउनका कारण कोरोनाको प्रभाव नियन्त्रण गर्न सफल भयौं

जर्मनीले भन्योः लकडाउनका कारण कोरोनाको प्रभाव नियन्त्रण गर्न सफल भयौं

नेपालखबर
बैशाख ६, २०७७ शनिबार ८:४३,

महिनादिन लामो लकडाउनका कारण आफ्नो देशमा कोरोनाको प्रभाव नियन्त्रणमा आएको जर्मनीका स्वास्थ्यमन्त्री जेन्स स्पानले बताएका छन्।

गत अप्रिल १२ देखि जर्मनीमा लकडाउनको नियम अबलम्ब गरिएको छ। औषधी र खोप परीक्षणकालमै भएको अवस्थामा लकडाउन नै कोरोना नियन्त्रण गर्ने सबैभन्दा उत्तम उपाय भएको विज्ञहरु बताउँछन्।

लकडाउन घोषणापछि मृतकको संख्या नियन्त्रण गर्न सफल भएको जर्मनीको भनाइ छ। हाल जर्मनीमा १ लाख ४१ हजार ३९७ कोरोना संक्रमित छन्। मृतकको संख्या ४ हजार ३५२ पुगेको छ।

संक्रमित दरलाई मूल्यांकन गर्दा जर्मनीमा अन्य देशमा भन्दा कम मानिसको कोरोनाका कारण मृत्यु भएको छ।

गत बुधबार जर्मन चान्सलर एंगेला मर्केलले कोरोनाको प्रभाव कम हुँदै गएकाले अब जर्मनीको लकडाउन खुकुलो बनाउँदै जाने बताएकी थिइन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .