ad ad

समाज


डब्लूएचओको चेतावनीः प्रतिबन्ध खुकुलो हुँदा महामारीको अर्को चरण सुरु हुनसक्छ

डब्लूएचओको चेतावनीः प्रतिबन्ध खुकुलो हुँदा महामारीको अर्को चरण सुरु हुनसक्छ

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार १०:४४,

कोरोना भाइरस ‘कोभिड १९’ प्रकोप नियन्त्रण गर्न लागू गरिएका प्रतिबन्धका नियमहरु हटाउँदा र खुकुलो बनाउँदा यस महामारी झनै फैलनसक्ने विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले चेतावनी दिएको छ।

डब्लूएचओका प्रमुख टेडरोस एडह्यानम गेब्रिएसुसले सोमबार केही राष्ट्रहरुले प्रतिबन्धका नियमहरु फुकुवा गर्दै लगेकोमा असन्तुष्टी व्यक्त गर्दै भने,‘प्रतिबन्ध फुकुवा गरिनुको अर्थ महामारीको अन्त्य हुनु होइन। यो महामारीको अर्को चरणको सुरुवात पनि हो।’

कोरोना संक्रमित घट्दैमा कोरोनाविरुद्धको युद्धबाट भाग्न नहुने उनको भनाइ थियो। गेब्रिएसुसले पृथ्वी एउटै भएकाले कोरोना भाइरसविरुद्ध हातेमालो गर्न आग्रह गरे।

लकडाउनका कारण धेरै देशमा नयाँ कोरोना संक्रमित नदेखिए पनि ती देशहरुले कोरोना संक्रमितलाई पहिचान र परीक्षण गर्ने क्षमता राख्छ कि राख्दैन भन्ने विषय पनि महत्वपूर्ण भएको उनको भनाइ थियो।

कोरोना संक्रमितको पहिचान, परीक्षण र उनीहरुको कन्ट्याक्ट ट्रेसिङजस्ता कार्य चुस्त रुपमा हुनुपर्नेमा उनको जोड छ।

चीन, दक्षिण कोरिया, जर्मनी, डेनमार्क लगायतका मूलुकले हालैका दिनमा कोरोना भाइरसविरुद्ध अपनाइएका उपायहरु पछिल्लो दिनमा हटाउँदै गएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .