ad ad

समाज


भुल्केलाई ‘खतरनाक क्षेत्र’ घोषणा गर्न त्रियुगा नगरपालिकाको माग

भुल्केलाई ‘खतरनाक क्षेत्र’ घोषणा गर्न त्रियुगा नगरपालिकाको माग

नेपालखबर
बैशाख १०, २०७७ बुधबार ९:२६,

उदयपुरको भुल्केलाई विशेष खतरनाक क्षेत्रको रुपमा घोषणा गरी रोग नियन्त्रणको लागि पहल गर्न त्रियुगा नगरपालिकाले माग गरेको छ।

उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले नगरवासीलाई जोगाउन प्रदेश र केन्द्र सरकारसँग आग्रह गरेका छन्। बुधबार गाइघाटमा पत्रकार सम्मेलन गर्दै जिल्लामा २४ जनामा कोरोना संक्रमण भेटिएपछि नगरवासी त्रसित भएको भन्दै मेयर चौधरीले भविश्यमा हुनसक्ने अनिष्टबाट जोगाउन आग्रह गरेका हुन्।

चौधरीले उदयपुरमा कोरोना संक्रमितको उपचार गर्ने अस्पताल अस्थायी रुपमा भएपनि तत्काल स्थापना गर्न माग गरेका छन्। उदयपुर जिल्लालाई कडाईका साथ लागु गर्न, प्रभावित क्षेत्रसँग जोडिएका र नजोडिएका वडाहरुलाई बसोवास गर्ने सम्पुर्ण नगरवासीलाई चरणवद्धरुपमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्न पनि माग गरिएको छ।

यसका लागि प्रदेश र केन्द्रबाट स्वास्थ्यकर्मी सहितको टोली तत्काल प्रभावित स्थलमा पठाउन माग गरिएको छ। स्थानीय रुपमा स्वास्थ्यकर्मीको टोली कम रहेको भन्दै थप गर्न पनि माग गरिएको छ। यस्तै आवश्यक औषधि तथा उपकरणहरुको अभाव हुन नदिन बेलैमा सचेत हुन पनि केन्द्रको ध्यानाकर्षण गराएको छ।

जिल्लामा अति गरिव, विपन्न र ज्यालादारी मजदुरको जीवन रोगको डरसँगै भोकले मर्ने अवस्था आएको भन्दै भोकै मर्ने अवस्था आउन नदिन भनिएको छ। यसका लागि खाद्यन्न लगायत आवश्यकीय सामग्रीहरु सहयोग मागिएको छ।

संक्रमितको उपचारमा सरकारले खेलाँची गरेको मेयर चौधरीले आरोप पनि लगाए। पहिलो दिन लगिएका व्यक्तिलाई समेत घण्टौं पर्खाएर क्वारेन्टिनमा राखिएको र पछि ८ जना पठाउँदा पनि धरानको अस्पताल बाहिर ५ घण्टासम्म एम्बुलेन्समा राखिएको गुनासो गरे। आफूले यहाँ एम्बुलेन्स व्यवस्थापन गरेर पठाए पनि वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानले वास्ता नगरेको र अमानवीय व्यवहार गरेको चौधरीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .