ad ad

समाज


कामनपा ३ को पहलमा दैनिक ३ हजार ७ सय व्यक्तिलाई खाना

कामनपा ३ को पहलमा दैनिक ३ हजार ७ सय व्यक्तिलाई खाना

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार ८:१०,

काठमाडौं महानगरको वडा ३ ले दैनिक ३ हजार ७ सय व्यक्तिलाई निःशुल्क खाना खुवाइरहेको छ।

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका समयमा कमजोर आर्थिक अवस्था भएका, आफ्ना कोही नभएका, दैनिक काम गरेर खानुपर्ने वर्गका मानिसहरुलाई खानेकुराको व्यवस्था गरिएको हो।

वडाध्यक्ष दीपक के.सी.ले भने, ‘हामीले अहिले बिहान र बेलुका गरेर करीब ३ हजार ७ सय व्यक्तिका लागि खानेकुरा उपलब्ध गराएका छौं।’

वडाध्यक्ष के.सी.का अनुसार वडाको आग्रहमा बोधिसतुवा बिहारले अव्यबस्थित बस्तीमा भएका परिवार, टिचिङ हस्पिटल महाराजगञ्ज र कान्ति बाल अस्पतालमा भर्ना भएका बिरामीका कुरुवा गरी दैनिक १३ सय जनाका लागि खानाको व्यवस्था गरिदिएको छ।

त्यसैगरी नारायण गोपाल चोकको एरिकल व्याङ्क्वेटकातर्फबाट होम बुढाथोकीले दैनिक बिहान १ हजार जनाका लागि, मेघा पार्टी प्यालेसले दैनिक बेलुकी ८ सय जनाका लागि, सामुदायिक सेवा केन्द्रबाट गंगालाल र न्युरो अस्पतालमा भर्ना भएका बिरामीका कुरुवा गरी २ सय जनाका लागि खाना र पानस पार्टी प्यालेसले लकडाउन व्यवस्थापन गर्न खटिने ४ सय जना राष्ट्रसेवकका लागि खाजाको व्यवस्था गरेको छ।

वडाले अहिलेसम्ममा ४ हजार ३ सयजनालाई राहत वितरण गरिसकेको छ।

‘राहत वितरणका लागि हामीले वडालाई ४ वटा क्लष्टरमा बाँडेका छौं। ती क्लष्टरमा जान नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, स्थानीय क्लव, राजनीतिक प्रतिनिधिको समूह बनाएका छौं’, उनले भने, ‘हामी बस्तीमा पुगेर राहत आवश्यक पर्ने व्यक्ति पहिचान ग¥यौं। उनीहरुलाई त्यहीँ कुपन दियौं र तोेकेको ठाउँमा गएर राहत लिन भन्यौं। राहत दिनका लागि वडामा भएका खाद्य पसलहरुबाट प्रस्ताव माग्यौं। थोरै मुल्य कवोल गर्नेसँग हाम्रो सम्झौता छ। कुपन पाएकाले खाद्य पसलमा गएर प्रचलित व्यवस्थाको उलंङ्घन नहुने गरी राहत लिँदै हुनुहुन्छ।’

उनका अनुसार पहिलो राहत दिएको थाहा नपाएर अहिले सम्पर्कमा आउने मानिसहरु पनि हुनुहुन्छ। यसरी छुटेका परिवारलाई अहिले खाद्यान्न उपलब्ध गराउने काम भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .