ad ad

समाज


पछिल्लो २४ घण्टामा थपिएनन् नयाँ संक्रमित, पीसीआर विधिबाट १३ हजार ९८ को परीक्षण

पछिल्लो २४ घण्टामा थपिएनन् नयाँ संक्रमित, पीसीआर विधिबाट १३ हजार ९८ को परीक्षण

नेपालखबर
बैशाख २०, २०७७ शनिबार ११:५,

पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड—१९) का नयाँ संक्रमण नथपिएको स्वास्थ्य मनत्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा परीक्षण भएका १२ सय ५२ वटा नमुनाहरु नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। अहिले नेपालमा ५९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। यसमा ४९ पुरुष र १० जना महिला रहेका छन्।

संक्रमित मध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन्। अहिले विराटनगरमा ३१ र वीरगञ्जमा ८ जना उपचाररत रहेका छन्। यसैगरी रुपन्देही, नेपालगञ्ज, भरतपुर र धनगढीमा १—१ जना उपचाररत रहेको प्रवक्ता देवकोटाले बताए।

अहिलेसम्म पिसिआर विधिबाट १३ हजार ९८ वटा परीक्षण भएका छन्। यसैगरी आरडीटी विधिबाट ४८ हजार ५ सय २९ वटा परीक्षण भएका छन्।

प्रदेश १ मा ५ हजार २ सय ८२, प्रदेश २ मा ५ हजार ६ सय ८७, बागमती प्रदेशमा ५ हजार ५ सय १५ वटा आरडीटी परीक्षण भएका छन्। त्यसैगरी गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ४ हजार २ सय ४०, कर्णाली प्रदेशमा ५ हजार ५ सय ७१ र सुदूरपश्चिममा १३ हजार ८ सय २३ वटा आरडीटी परीक्षण भएका छन्।

देशभरी २२ हजार ९ सय ७८ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्रदेश १ मा २ हजार ८ सय ६५, प्रदेश २ मा १ हजार ३ सय ९१ र बागमती प्रदेशमा ५ सय ११ जना क्वारेन्टिनमा रहेका छन्। यसैगरी गण्डकी प्रदेशमा ६ सय ३२, प्रदेश ५ मा ११ हजार ३ सय ४, कर्णाली प्रदेशमा ३ हजार २ सय ७५ र सुदूरपश्चिम प्रदेशमा ३ हजार जना क्वारेन्टिनमा रहेका छन्।

काठमाडौं उपत्यकामा ४ र बाहिर ८५ गरी ८९ जना अहिले विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .