ad ad

समाज


विना बिलबीजकका अगरबत्ती बोकेको ट्रक नियन्त्रणमा

विना बिलबीजकका अगरबत्ती बोकेको ट्रक नियन्त्रणमा

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ११:४५,

जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका २१ बाट राजस्व छलीको अगरबत्ती बोकेको एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ।

परवानीपुरबाट जितपुरतर्फ जाँदै गरेको ना.२ख ९०१५ नम्बरको ट्रक रोकी चेकजाँच गर्दा चम्पा अगरबत्ती ४ सय ८० कार्टुन लोड रहेको भेटिए पनि बिलबीजक नभएपछि ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

ट्रक र चालक जिल्ला रौतहट बृन्दावन नगरपालिका १ बस्ने सिताराम पटेललाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .