ad ad

समाज


भर्ना वा अनलाइन कक्षाका नाममा शुल्क नलिन शिक्षा मन्त्रालयको निर्देशन

भर्ना वा अनलाइन कक्षाका नाममा शुल्क नलिन शिक्षा मन्त्रालयको निर्देशन

नेपालखबर
बैशाख २२, २०७७ सोमबार १३:५३,

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउनको अवस्थामा विद्यार्थीहरुसँग भर्ना, अनलाइन कक्षा वा कुनै पनि बहानामा शुल्क नउठान विद्यालयहरुलाई निर्देशन दिएको छ।

सोमबार शिक्षा मन्त्रालयले एक सूचना प्रकाशित गरी ‘सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयको कुनै पनि तहमा भर्ना नगर्नु, नगराउनु हुनका साथै भर्नाका नाममा कुनै पनि किसिमले शुल्क लिने, वा बैंक खातामा रकम जम्मा गर्न लगाउने जस्ता कार्यहरु नगर्नु, नगराउनुहुन’ सूचित गरिएको छ।

यस्तै, संस्थागत विद्यालयहरुले माध्यमिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवास शुल्क बाहेक अन्य सबै प्रकारको शुल्क छुट दिने भनि नेपाल सरकारले गरेको निर्णय कार्यान्वयन गरी अभिभावक तथा स्थानीय तहलाई जानकारी दिन’ पनि भनिएको छ।

शिक्षा मन्त्रालयले एसईई परीक्षा तथा कक्षा ११ र १२ को परीक्षा लिने सम्बन्धमा शुक्ष्म अध्ययन भइरहेको र हालसम्म कुनै निर्णय नभएको पनि स्पष्ट पारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .