ad ad

समाज


नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

 नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार २:२७,

बाँकेको नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८२ पुगेको छ। 

आज (मंगलबार) नेपालगन्जको प्रयोगशालामागरिएको परीक्षणको नतिजाले थप ७ जनामा काेराेना संक्रमण रहेकाे देखिएकाे मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका हुन्।

नेपालगन्ज ८ का चार महिला र तीन पुरुषमा काेराेना संक्रमण रहेकाे पुष्टि भएकाे उनले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका हुन्। तिनमा ९ र्वषदेखि ५५ वर्षसम्म उमेरका रहेकाे जनाइएकाे छ।

सहप्रवक्ता डा. अधिकारीका अनुसार ९, ३२, ३४ र ५५ वर्षका चार महिला र २२, ३० र ४० वर्षका तीन पुरुषमा काेराेना  संक्रमण देखिएकाे हाे। 

आइतबार मात्र त्यहाँ एकै पटक १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने यसअघि शुक्रबार एक जना कोरोना संक्रमित देखिएका थिए। यीसमेत गरेर नेपालगन्जमा मात्रै २३ जना कोरोना संक्रमित भएका छन्।

हेर्नुहाेस् मन्त्रालयकाे विज्ञप्ति:

swashtya

यीसमेत गरेर नेपालमा कोरोना भाइरसले भेटेका मानिसको संख्या ८२ पुगे पनि तीमध्ये १६ जना भने उपचारपछि स्वस्थ भइसकेको मन्त्रालयले जनाएको छ। कोरोनाका कारण नेपालमा अहिलेसम्म कसैको मृत्यु भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .