ad ad

समाज


रौतहटमा १५ वर्षीया किशोरी बलात्कार आरोपमा ५२ वर्षीय व्यक्ति पक्राउ

रौतहटमा १५ वर्षीया किशोरी बलात्कार आरोपमा ५२ वर्षीय व्यक्ति पक्राउ

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार १५:१४,

रौतहटमा १५ वर्षीया किशोरी बलात्कार आरोपमा ५२ वर्षीय व्यक्ति पक्राउ परेका छन्।

आफ्नै घरमा काम गर्ने किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा रौतहटको फतुवा विजयपुर-४ का टेकबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

उजुरी परेपछि चौधरीलाई पक्राउ गरी मुद्दा दर्ता गरिएको विजयपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले जानकारी दिएका छन्।

रौतहट जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी घटना अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अभियुक्त चौधरी अहिले इलाका प्रहरी कार्यालयको हिरासतमा छन्।

स्वास्थ्य परीक्षण गर्दा पीडित बालिका केही महिनाको गर्भवतीसमेत रहेको पाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .