ad ad

समाज


नेपालमा पनि कोरोनाविरुद्धको औषधि परीक्षण गरिँदै

नेपालमा पनि कोरोनाविरुद्धको औषधि परीक्षण गरिँदै

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार १५:५७,

कोरोना भाइरसविरुद्ध बनेको औषधि नेपालले पनि परीक्षण गर्ने भएको छ।

विश्व स्वास्थ्य संगठनको विश्वव्यापी आह्वानअनुसार नेपालमा पनि कोरोनाविरुद्धको औषधि परीक्षण गर्न लागिएको हो। यस अभियानमा नेपालसहित सयभन्दा बढी देशले ऐक्यबद्धता जनाइसकेका छन्।

औषधि परीक्षणका लागि सचिवस्तरीय निर्णय गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई काम अगाडि बढाउन अनुमति दिइसकेको छ।

परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार विश्व स्वास्थ्य संगठनको आह्वानबमाेजिम कोरोनाविरुद्ध बनेको औषधि नेपालका पनि संक्रमितमा परीक्षण गर्न लागिएको हो। विश्व स्वास्थ्य संगठनकै सहयाेगमा नेपालमा औषधि मानवमा परीक्षण गर्न लागिएकाे हाे। 

अमेरिकाको जिलिड फर्मासिटिकल्स कम्पनीले उत्पादन गरेको एन्टिभाइरल रेम्डेसिभिर औषधि नेपालका कोरोना संक्रमितलाई प्रयोग गर्ने तयारी भइरहेको स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ।

जुन औषधिलाई अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले काेराेना बिरामीमा प्रयाेगका लागि केही दिनअघि मात्र स्वीकृति दिएको थियो। यो औषधि इबोला बिरामीका लागि बनाइएको थियो। तर त्यो रोगमा यसले काम नगरेको तर कोरोनलाई राम्रो काम गर्ने वैज्ञानिकले दाबी गरेका छन्।

विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसविरुद्ध अहिले विभिन्न खोप तथा औषधि विकास गर्ने क्रम जारी छ। तिनैमध्ये केही खोप तथा औषधि मानव परीक्षणका क्रममा छन्। परीक्षणपछि प्रभावकारी काम गरेको पाइए विभिन्न प्रक्रिया पूरा गरेपछि बल्ल आम प्रयोगमा ल्याइनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .