ad ad

समाज


कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ७० हजार नाघ्यो, कस्तो छ पछिल्लो अवस्था?

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ७० हजार नाघ्यो, कस्तो छ पछिल्लो अवस्था?

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार ०:४०,

विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार नाघेको छ।

अहिलेसम्म विश्वभर कोरोना संक्रमणबाट २ लाख ७० हजार ३ सय ९४ हजारको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ। यो शुक्रबार बिहान ६ बजेसम्मको तथ्यांक हो।

गएको २४ घण्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ५५ सय ५७ जनाको मृत्यु भएको छ।

अहिलेसम्म संक्रमितको संख्या ३९ लाख १२ हजार ४ सय २५ पुगेको छ। बिहीबार एकै दिन संसारभर गरी ९५ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

संक्रमितमध्ये अहिलेसम्म १३ लाख ४० हजार ६ सय १ जना उपचारपछि निको भएका छन्। संक्रमितमध्ये २३ लाख एक हजार ४ सय ३० जना उपचारको क्रममा छन्। त्यसमध्ये ४८ हजार ९ सय ४८ जनाको अवस्था गम्भीर छ।

अमेरिकामा गएको २४ घण्टामा कोरोना संक्रमणबाट २१ सय ९ जनाको मृत्यु भएको छ।

त्यहाँ अहिलेसम्म मृतकको संख्या ७६ हजार ९ सय ८ पुगेको छ भने संक्रमितको संख्या १२ लाख ९२ हजार नाघेको छ। बिहीबार मात्रै अमेरिकामा २९ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

त्यसैगरी ब्राजिलमा बिहीबार ६ सय जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतको संख्या ९ हजार नाघेको छ।

त्यसैगरी बेलायतमा बिहीबार कोरोना संक्रमणबाट ५ सय ३९ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा २१३, इटालीमा २७४, फ्रान्समा १७८, क्यानाडामा १७६, जर्मनीमा ११७, मेक्सिकोमा १९७, रसियामा ८८, टर्कीमा ५७, इरानमा ६८, पेरुमा ९४, बेल्जियममा ७६, नेदरल्यान्डमा ८४, स्वीडेनमा ९९, पाकिस्तानमा ४१ जनाले ल्यान गुमाएका छन्।

अहिलेसम्म संक्रमणबाट बेलायतमा ३० हजार ६ सय १५ जनाले ज्यान गुमाएका छन् भने इटालीमा २९ हजार ९ सय ५८, स्पेनमा २६ हजार ७०, फ्रान्समा २५ हजार ९ सय ८७ जनाको मृत्यु भइसकेको छ।

हाम्रो छिमेकी देश भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट १०४ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या १८ सय ८९ पुगेको छ।

अहिलेसम्म भारतमा ५६ हजार ३ सय ५१ जना संक्रमित भएका छन्। बिहीबार एकै दिन त्यहाँ ३३ सय ६४ जना नयाँ संक्रमित थपिएका छन्।

बुधबार त्यहाँ ९२ जनाको मृत्यु भएको थियो भने ३५ सय ८७ जना नयाँ संक्रमित थपिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .