ad ad

समाज


५० दिनपछि मे १२ देखि भारतमा रेल सेवा सञ्चालन हुने

५० दिनपछि मे १२ देखि भारतमा रेल सेवा सञ्चालन हुने

नेपालखबर
बैशाख २८, २०७७ आइतबार १६:३७,

५० दिनको रोकपछि मंगलबारबाट भारतमा रेल सेवा सञ्चालन हुने भएको छ। 

यद्यपि सबै रेल एकै पटक चल्ने छैनन्। सुरुमा १५ जोडा रेल सञ्चालन हुने भारतीय रेलवेले जनाएको छ।

ती रेल नयाँ दिल्लीबाट दिब्रुगढ, अगरतला, हावडा, पटना, बिलासपुर, राँची, चेन्नईलगायतका स्थानमा जानेछ। यसबारे राज्यहरुलाई आइतबार जानकारी दिइएको छ।

सोमबारबाट रेलको अनलाइन बुकिङ सुरु हुनेछ।

टिकट भएका यात्रुलाई मात्र स्टेसनमा प्रवेश दिइनेछ। यात्रु सबैलाई अनुहार ढाक्न अनिवार्य गरिएको छ। कुनै लक्षण नभएकाले मात्र यात्रा गर्न पाउने छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .