ad ad

समाज


काठमाडौँ उपत्यकामा मध्यराति भूकम्पको धक्का

काठमाडौँ उपत्यकामा मध्यराति भूकम्पको धक्का

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार ०:२०,

काठमाडौँ उपत्यकामा गएराति भूकम्पको धक्का महसुस गरिएको छ।

मंगलबार राति ११ बजेर ५३ मिनेट जाँदा दोलखाको जुगु केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार यो भूकम्प नयाँ नभएर पाँच वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पकै परकम्प हो।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित दोलखा, रामेछाप, सिन्धुली, ओखलढुंगा, सिन्धुपाल्चोक लगायतका जिल्लामासमेत महसुस गरिएको छ।

भूकम्प गएपछि दोलखा, रामेछाप लगायतका जिल्लाका स्थानीयबासी घरबाट बाहिर निस्किएका थिए।

भूकम्पले क्षति भए/नभएको जानकारी भने आइसेकेको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .