ad ad

समाज


लकडाउन खुकुलो बनाउनेबित्तिकै काठमाडौंमा भेटिए ३ कोरोना संक्रमित

लकडाउन खुकुलो बनाउनेबित्तिकै काठमाडौंमा भेटिए ३ कोरोना संक्रमित

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार ०:२७,

सरकारले सुरक्षित रहेको भन्दै लकडाउन केही खुकुलो पारेलगत्तै काठमाडौं उपत्यकामा तीन जना कोरोना संक्रिमत भेटिएका छन्।

केही साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणमुक्त घोषणा गरेकाे उपत्यकामा मंगलबार एकै दिन तीन जनामा कोरोना संक्रमण पुष्टि भएकाे हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंकी ३३ वर्षीया महिला तथा भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

सरकारले उद्योग तथा सेवा गरी १४ क्षेत्र खुलाउने निर्णय गरेपछि गत आइतबारदेखि उपत्यकामा टाइम कार्ड लागू गरेर यातायात खुलाइएको छ।

त्यससँगै उपत्यकामा भिडभाड बढेको छ भने नाकामा कडाइ गरिएको भनिए पनि विभिन्न जिल्लाबाट उपत्यकामा मानिस भित्रिने क्रम बढेको छ। उपत्यका भित्रिने नाकामध्ये भक्तपुर पनि एक मुख्य हो। जहाँ मंगलबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौं उपत्यकामा पछिल्लाे समय भेटिएका तीन संक्रमितमा कसरी संक्रमण भयो र उनिहरु कहाँका हुन् भन्नेबारे केही खुलाइएकाे छैन।

यसैबीच गृह मन्त्रालयले मंगलबार साँझ एक जिल्लाबाट अर्को जिल्लामा जाने सम्पूर्ण सवारी पास रद्द गरिएकाे जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .