ad ad

समाज


धनुषा र महोत्तरीका चार काेराेना संक्रमित कहाँ थिए?

धनुषा र महोत्तरीका चार काेराेना संक्रमित कहाँ थिए?

शैलेन्द्र महतो
बैशाख ३१, २०७७ बुधबार ३:९,

मंगलबार धनुषा र महोत्तरीमा २/२ जना कोरोना संक्रमित फेला परे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरिसकेको छ।

संक्रमितमा धनुषाका २० वर्षीया युवती र ४० वर्षीय पुरुष छन्। यस्तै महोत्तरीका १६ वर्षीय किशोर र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको हो।

धनुषाका दुईजना कोरोना संक्रमित मध्ये २० वर्षीया युवती धनुषाको मिथिला नगरपालिका १० ललागढकी हुन्। उनी दुई महिना अघि भारतबाट फर्केर होम क्वारेन्टाइनमा बस्दै आएकी थिइन्।

यस्तै धनुषाकै अर्का ४० वर्षीय पुरुष जनकपुरधाम उपमहानगरपालिकाका हुन्। उनको विषयमा विस्तृत विवरण आउन बाँकी छ।

महोत्तरीको महोत्तरी गाउँपालिका ३ डामीका ३५ वर्षीय पुरुष, त्यहिँका १६ वर्षीय किशोरमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। महोत्तरीका ३५ वर्षीय पुरुष जनकपुरमा बस्दै आएका थिए भने १६ वर्षीय किशोर जलेश्वर बस्दै आएका पाइएको छ।

उनीहरु सबैलाई जनकपुरस्थित कोरोना विशेष अस्पतालमा उपचारको लागि ल्याउने तयारी भइरहेको प्रादेशिक अस्पताल जनकपुरका निमित मेडिकल सुपरिटेन्डेन्ट डा.जामुन सिंहले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .