कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा आगामी तीन महिनासम्ममा डेढ लाख मानिसको मृत्यु हुन सक्ने वासिङ्टन विश्वविद्यालयले चेतावनी दिएको छ।
विश्वविद्यालयको स्वास्थ्य मेट्रिक्स र मूल्यांकन संस्थान (आईएचएमई) ले आगामी अगस्तको सुरुवातसम्ममा संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणले १ लाख ४७ हजार मानिसको मृत्यु हुने सक्ने चेतावनी जारी गरेको हो।
यो चेतावनी मंगलबार जारी गरिएको हो। यो उसको पहिलेको अनुमानभन्दा १० हजार बढी हो।
आईएचएमईका अन्वेषकले भनेका छन्, ‘अमेरिकाले कोरोना नियन्त्रणका लागि प्रतिबन्धलगायत उपाय अपनाएन भने स्थिति अझ खतरनाक हुने देखिन्छ।’
प्रतिक्रिया