ad ad

समाज


काठमाडौँमा कोरोना संक्रमण देखिएकी महिलाको कञ्चनपुर ‘कनेक्सन’

काठमाडौँमा कोरोना संक्रमण देखिएकी महिलाको कञ्चनपुर ‘कनेक्सन’

गोकुल जोशी
बैशाख ३१, २०७७ बुधबार ७:४४,

कञ्चनपुरको बेदकोट नगरपालिका–१० सिसैया हरपालकी ३३ वर्षीया एक महिलामा काठमाडौँमा कोरोना संक्रमण देखिएको छ।

कञ्चनपुरबाट काठमाडौँ गएकी ती महिलामा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा रहेका व्यक्तिको खोजी कार्य (कन्ट्याक्ट ट्रेसिङ) सुरु गरिएको छ।

संक्रमण देखिएपछि संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको खोजी कार्य सुरु गरिएको सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए।

‘संक्रमितको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ, स्वास्थ्य कार्यालय कञ्चनपुरलाई सम्बन्धित क्षेत्रमा गएर यसबारे बुझ्न भनेका छौँ’, नेपालखबरसँग कुरा गर्दै कार्कीले भने।

स्वास्थ्य कार्यालय कञ्चनपुरले काठमाडौँमा संक्रमित देखिएकी महिला कञ्चनपुरको बेदकोट नगरपालिकाको सिसैया हरपालकी रहेको पुष्टि गरेको छ।

ती महिला काठमाडौँको चन्द्रागिरी नगरपालिका ९ मा बस्दै आएकी थिइन्। उनी यही वैशाख २९ गते कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएको खुलेको हो। उनी गत आइतबार मात्रै निजी गाडीको पास बनाएर काठमाडौं प्रवेश गरेकी हुन्। उनको पुख्र्यौली घर डडेल्धुरा भएको बताइएको छ।

‘हामी संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौँ, त्यसका लागि अहिले हामी संक्रमित क्षेत्रमै जादै छौँ’, स्वास्थ्य कार्यालय स्रोतले भन्यो, ‘अहिले फोनबाट पनि संक्रमण स्रोत तथा संक्रमितको पछिल्लो यात्राको बारे खोजी भइरहेको छ, विस्तृत विवरण आउन बाँकी छ।’

संक्रमित महिलाले वैशाख २९ गते महेन्द्रनगरबाट निजी गाडीमा काठमाडौँ गएकी थिइन्। उनको श्रीमान् काठमाडौँस्थित सशस्त्र प्रहरीमा कार्यरत रहेको समेत खुलेको छ।

उनी एक छोरा एक छोरीसँगै काठमाडौ गएकी थिइन्। स्वास्थ्य चेकजाँचका क्रममा काठमाडौँमा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनी अहिले टेकु अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छिन्।

यता सुदूरपश्चिममा भने पाँच जनामा कोरोना संक्रमण देखिएको थिया, पाँचै जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .