ad ad

समाज


आजै कपिलवस्तु र बाँकेका दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१९

आजै कपिलवस्तु र बाँकेका दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१९

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार ८:२१,

आज (बुधबार) कपिलवस्तु र बाँकेका एक-एक जनामा कोरोना पुष्टि भएको छ।

यो सँगै देशभर संक्रमितको संख्या २१९ पुगेको छ, स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएका व्यक्ति कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका ५ निवासी २२ वर्षीय पुरुष हुन्

आजै यसअघि, धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँके जिल्ला नेपालगञ्ज वडा नं. ८ निवासी ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित दुवैकाे अवस्था सामान्य छ र स्वास्थ्यकर्मीको सम्पर्कमा छन्।

याे पनि: 
थप एकजनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१८ पुग्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .