ad ad

समाज


राष्ट्रपति बोल्सोनारोले कोरोनालाई सामान्य रोग भनिरहँदा ब्राजिलमा हालसम्मकै बढी संख्यामा संक्रमित थपिए

राष्ट्रपति बोल्सोनारोले कोरोनालाई सामान्य रोग भनिरहँदा ब्राजिलमा हालसम्मकै बढी संख्यामा संक्रमित थपिए

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार ८:३०,

गएको २४ घण्टामा ब्राजिलमा ९ हजार कोरोना संक्रमित थपिँदा सो अवधिमा ८८१ जनाको मृत्यु भएको छ।

यससँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या एक लाख ७८ हजारभन्दा बढी पुगेको छ। संक्रमितमध्ये १२ हजार ४६१ को मृत्युहुँदा ७२ हजार ५९७ उपचारपछि स्वस्थ बनेका छन्।

राष्ट्रपति जैर बोल्सोनारोले कोरोना भाइरस सामान्य रोग मात्र भएको बताइरहँदा त्यहाँ कोरोनाको प्रभाव दिनदिनै बढ्दै गएको छ।

बोल्सोनारोले कोरोना भाइरसविरुद्धको उपाय पनि मानेका छैनन्। उनले व्यक्ति–व्यक्तिबीचको दुरीको पालना गरेका छैनन् भने उनी आफ्ना समर्थकसँग बिना पन्जा हात मिलाउँछन्।

गत अप्रिल १९ मा त उनी सेनाको मुख्यालय अगाडि प्रदर्शनकारीसँग लकडाउन हटाउनुपर्छ भन्दै प्रदर्शनमै उत्रिएका थिए।

राष्ट्रपतिले लकडाउन हटाऊँ भनिरहँदा विभिन्न राज्यका गभर्नरले उनको भनाइ मानिरहेका छैनन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मित्र बोल्सोनारोले पनि अमेरिकी राष्ट्रपतिले झैं कोरोनाभाइरसको उपचारका लागि क्लोरोक्वीनको प्रयोगलाई बढावा दिएका छन्।

तर ब्राजिली बैज्ञानिकहरुले उक्त औषधि कोरोना रोकथाम र उपचारमा खासै उपयोगी नरहेको बताएका छन्।

ट्रम्पले पनि हालसम्म मास्क लगाएका छैनन्। उनले आफूलाई मास्क लगाउन आवश्यक नभएको बताउँदै आएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .