ad ad

समाज


क्रिमसन अस्पतालमा उपचाररत् कोरोना संक्रमितको अवस्था ‘क्रिटिकल’

क्रिमसन अस्पतालमा उपचाररत् कोरोना संक्रमितको अवस्था ‘क्रिटिकल’

नेपालखबर
जेठ ७, २०७७ बुधबार ४:५१,

वुटवलको क्रिमसन अस्पतालमा उपचाररत् गुल्मीका कोरोना संक्रमित ‘क्रिटिकल’ (निकै गम्भीर) अवस्थामा रहेको बताइएकाे छ।

प्रदेश ५ का सामाजिक विकास मन्त्रालय अन्तर्गतको अस्पताल तथा चिकित्सक विकास महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले साे जानकारी दिएका हुन्।

‘बिरामीको अवस्था अहिले क्रिटिकल छ। अरु कुरा हल्ला हो,’ डा. चौधरीले नेपालखबरसँग भने।

गुल्मी मदाने पुर्काेटका ती संक्रमितको अवस्था गम्भीर भएपछि सो अस्पतालमा सोमबार बेलुकादेखि भेन्टिलेटरमा राखि उपचार भइरहेको छ।

यसैबीच प्रदेश ५ का मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले गुल्मी मदाने पुर्काेटका कोभिड १९ संक्रमित विरामीको अवस्था गंभीर रहेको बताएका छन्।

‘विरामीको अवस्थाबारे क्रिमसन अस्पतालले नै बिज्ञप्ति निकाल्दै छ,’ उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .