ad ad

समाज


कालिमाटी वृत्तमा कार्यरत २ प्रहरीमा कोरोना देखिएपछि ६ कार्यालय सिल

कालिमाटी वृत्तमा कार्यरत २ प्रहरीमा कोरोना देखिएपछि ६ कार्यालय सिल

नेपालखबर
जेठ ७, २०७७ बुधबार ४:५४,

काठमाडौंको कालिमाटीस्थित महानगरीय प्रहरी वृत्तमा कार्यरत दुई प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कालिमाटी वृत्तसँगै प्रहरीका ६ एकाइ कार्यालय सिल गरिएको छ।

काठमाडौं प्रहरीका एसएसपी श्याम ज्ञवालीका अनुसार कालिमाटी प्रहरी वृत्त र त्यससँगै रहेका महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेलको कार्यालय सिल गरिएको हो। यस्तै त्यस मातहतका बल्खु, कलंकी र स्युचाटारस्थित प्रहरी प्रभाग पनि सिल गरिएको प्रहरीले जनाएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मंगलबार कालिमाटी महानगरीय प्रहरी वृत्तका एक जना सई र प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि गरेपछि सतर्कताका लागि सम्बन्धित सबै प्रहरी कार्यालय सिल गरिएको एसएसपी ज्ञवालीले बताए।

संक्रमित ती दुई प्रहरीसँग नजिकको सम्पर्कमा आएका २ सय १४ जनाको स्वाब परीक्षण गर्ने तयारी भइरहेको जानकारी पनि उनले दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .