ad ad

समाज


तनावबीच अमेरिकाले चीनको ३३ कम्पनी कालोसूचीमा राख्दै

तनावबीच अमेरिकाले चीनको ३३ कम्पनी कालोसूचीमा राख्दै

नेपालखबर
जेठ १०, २०७७ शनिबार ९:९,

अमेरिकाले चीनले कोरोना भाइरसबारे चाँडो जानकारी नदिएको तथा कोरोनाको खतराबारे विश्वलाई जनकारी नदिएकाले विश्वमा कोरोनाको प्रकोप भयावह बनेको बताउँदै आएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना अधिकारीहरुले कोरोना चीनमा निर्माण भएको विषयमा अनुसन्धान गरिरहेको बताएका थिए।

चीनले अमेरिकी भनाइहरुको खण्डन गर्दै कोरोनाको सूचनामा आफू सँधै पारदर्शी भएको बताइरहेको छ।

यसबीचमा अमेरिकाले चीनको सेना र चीनको उइगर मुसलमानसँग सम्बन्धित ३३ कम्पनीलाई आफ्नो दशमा कालोसूचीमा राख्न लागेको हो।

अमेरिकी वाणिज्य मन्त्रालयले एक बयानमा भनेको छ,‘सात कम्पनी र दुई संस्थानलाई कालोसूचीमा राखिएको छ किनभने उनीहरु उइगर समुदायका मानिसको मानवअधिकार उल्लंघनको घटनासँग जोडिएका छन्।’

चीन सरकारले उइगर मुसलमानलाई विलय गराउने रणनीतिका साथ उनीहरुविरुद्ध गतिविधि संचालन गरिरहेको भनेर प्रतिवेदनहरु धेरैपटक सार्वजनिक भएका छन्।

मन्त्रालयको अर्को बयानमा दुई दर्जनभन्दा बढी अन्य कम्पनीहरुलाई पनि कालोसूचीमा राखिएको जनाएको छ। ती कम्पनीहरुले चीनको सेनाको लागि सामान आपूर्ति गरेको उल्लेख गरिएको छ।

सन् २०१८ यता चीन र अमेरिका व्यापार युद्धमा होमिएका छन्। कोरोना प्रकोपबीच पनि कोरोना विवादसँगै अमेरिका र चीनबीच व्यापार युद्ध जारी छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .