ad ad

समाज


जनकपुरको कोरोना विशेष अस्पतालको आइसोलेसनबाट एक संक्रमित भागे

जनकपुरको कोरोना विशेष अस्पतालको आइसोलेसनबाट एक संक्रमित भागे

शैलेन्द्र महतो
जेठ ११, २०७७ आइतबार ६:४०,

जनकपुरस्थित प्रादेशिक कोभिड विशेष अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित फरार भएका छन्।

सर्लाही धनकौलका मानसिक सन्तुल ठिक नभएका ४५ वर्षीय कोरोना संक्रमित शनिबार राति नै भागेको खुलेको हो।

भागेका संक्रमितको खोजी कार्य भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. जामुन सिंहले उनी कतै लुकेको हुन सक्ने बताए। चारैतिर ताल्चा लागेकाले र उनी मानसिक रोगी भएकाले लुकेको हुन सक्ने उनको आशंका छ।

यसअघि पनि ती संक्रमित भागेपछि खोजेर पुनः छुट्टै कक्षमा राखिएको थियो। संक्रमित भागेको खुलेपछि कोरोना सर्ने डरले यस क्षेत्रमा सन्त्रास फैलिएको छ।

प्रहरीले उनको खोजी कार्य तीव्र रुपमा गरिरहेको जनाएको छ।

प्रादेशिक अस्पतालकै अधीनमा रहेको जनकपुर नर्सिङ कलेजको होस्टेलमा ४२ वेडको कोरोना विशेष अस्पताल निर्माण गरिएको छ। सो अस्पतालमा धनुषा, महोत्तरी र सर्लाहीका कोरोना संक्रमितहरुको उपचार भइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .