ad ad

समाज


जनकपुरका पत्रकार रमणले जिते कोरोना, अस्पतालबाट डिस्चार्ज

जनकपुरका पत्रकार रमणले जिते कोरोना, अस्पतालबाट डिस्चार्ज

शैलेन्द्र महतो
जेठ १५, २०७७ बिहिबार १५:१०,

जनकपुरका पत्रकार विरेन्द्र रमण कोरोना मुक्त भएका छन्। कोरोना मुक्त भएपछि पत्रकार रमण बिहीबार प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनबाट डिस्चार्ज भएका हुन्।

उनको तेश्रो पीसीआर रिपोर्ट निगेटिभ आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरहेको। १५ दिनको उपचार पश्चात पूर्णरुपले निको भएपछि डिस्चार्ज गरिएको कोरोनाको उपचारमा खटेका अस्पतालका बरिष्ट चिकित्सक डा. कुल्दिप पण्डितले जानकारी दिए।

गएको वैशाख ३० गते उनलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि प्रादेशिक अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो।

डिस्चार्जको बेला उनलाई स्वागत गर्न नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्ण र धनुषा शाखाका अध्यक्ष अनिल मिश्र लगायतका पत्रकारहरु पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .