सुदूरपश्चिममा कोरोना परीक्षणका लागि शंकास्पद मानिसबाट नमूना संकलन गर्ने कार्य तत्कालका लागि स्थगित भएको छ।
कोरोना संक्रमणको आशंकामा परीक्षणका लागि शंकास्पदको थ्रोट स्वाव नमूना संकलन कार्य केही दिनका लागि स्थगित गरिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र कार्कीले बताए। धनगढीस्थित एक मात्रै प्रयोगशाला रहेको प्रदेशको प्रयोगशालाको क्षमता भन्दा बढी नमूना आए पछि केही दिनका लागि नमूना संकलन नगर्न निर्देशन गरिएको उनले बताए।
‘समन्वय नै नगरी स्थानीय तहले भीटीएम खरिद गर्दै नमूना संकलन गरेर प्रयोगशालामा पठाउँदा धेरै नमूना परीक्षण गर्न बाँकी छ, प्रयोगशालामा नमूनाको क्यु नै लागेको छ। अहिलेका लागि नमूना संकलन नगर्न पत्राचार भएको छ’ स्वास्थ्य महाशाखा प्रमुख कार्कीले नेपालखबरसँग भने, ‘प्रयोगशालामा पुगेको नमूना परीक्षण भए पछि फेरि संकलन गरिन्छ।’
सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा औसत दिनमा २५० जनाको मात्रै परीक्षण गर्न सकिन्छ। अहिले पीसीआर परीक्षणका लागि एक हजार बढी नमूना प्रयोगशालामा रहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए।
‘लामो समय राख्यो भने नमूना बिग्रन्छ। त्यसैले प्रयोगशालामा पुगेका नमूना परीक्षण पश्चात फेरि नमूना लिइन्छ’ उनले भने।
शुक्रबार मात्रै सेती अस्पतालले निकाे नहुँदै ६ जना संक्रमितलाई डिस्चार्ज गरेकाे छ।
याे पनि: निको नहुँदै सेती प्रादेशिक अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमित डिस्चार्ज
प्रतिक्रिया