अछामको बयलपाटा अस्पतालका एक कर्मचारीले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।
जागरिबाट हटाइएको झोंकमा साँफेबगर नगरपालिका–६ का सिद्धार्थ आउजीले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी दिपक भारतीले बताए।
प्रहरीका अनुसार आउजीको अवस्था गभ्मीर छ। अस्पतालको गेट अगाडि सोमबार बिहान आफ्नै शरीरमा आगो लगाएका आउजीलाई हेलिकप्टरमार्फत कोहलपुर लगिएको डिएसपी भारतीले बताए।
अस्पतालले कामबाट निकालेर महामारीकै समयमा परिवारको रोजीरोटी बन्द भएपछि आफ्नै शरीरमा आगो लगाउनु पर्ने बाध्यता आएको बुझिएको छ। आउजी अस्पतालमा ढेड वर्षदेखि सरसफाई कर्मचारीको रुपमा कार्यरत थिए।
दुई महिना अगाडि नै अस्पतालले अस्पतालमा आर्थिक संकट परेको भन्दै ३३ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो। ती मध्ये एक आउजी पनि हुन्।
बयालपाटा अस्पतालका सिनियर पिपुल अप्रेसन अफिसर नवराज जोशीले एक वर्षको करार रहेको र करार सकिएकाले नविकरण नगरिएको बताए। उनले आर्थिक अभावले ३३ जनाको करार नथपिएको बताए।
Shares
प्रतिक्रिया