ad ad

समाज


कोरोना फैलिएको गति देखेर अमेरिकी वैज्ञानिक डा. फाउचीले भनेः हे प्रभु!

कोरोना फैलिएको गति देखेर अमेरिकी वैज्ञानिक डा. फाउचीले भनेः हे प्रभु!

नेपालखबर
जेठ २८, २०७७ बुधबार ६:०,

अमेरिकाका वैज्ञानिक डा. एन्थोनी फाउचीले कोरोना भाइरस फैलिएको गति देख्दा आफू आश्चर्यमा परेको बताएका छन्। 

राष्ट्रपति कार्यालय ह्वाइट हाउसका लागि कोरोना सल्लाहकारसमेत रहेका डा. फाउचीले महामारी सकिएको भ्रममा नपर्न चेतावनी पनि दिएका छन्।

बायोटेक कम्पनीका कार्यकारीहरूसँगको विस्तृत छलफलका क्रममा डा. फाउचीले कोरोना महामारीले विश्वभर गरेको मानवीय क्षति र पीडा अति भयावह रहेको बताउँदै समस्या थप विकराल बन्न सक्ने चेतावनी दिएका हुन्।

तर सँगैसँगै उनले कोरोनाविरुद्ध खोप चाँडै आउनेमा आफू आशावादी रहेको पनि बताएका छन्।

अमेरिकाको नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिज (एनआईएआईडी) का निर्देशक डा. फाउचीले मंगलबार बायोटेक्नोलोजी इनोभेसन अर्गनाइजेसन (बिआईओ) ले गरेको भर्चुअल सम्मेलनमा कोरोना महामारी अब अन्त्यतर्फ गएको हो भन्ने जिज्ञासामा उनले भने, ‘हे प्रभु, कहाँ महामारी अन्त्य भएको छ र! हामी त अझै सुरुवातमै छौं र यसबारे त्यति जानी सकेका पनि छैनौं।’

एचआईभी/एड्सको अध्ययनमा लामो समय बिताएका डा. फाउचीले कोरोनाका तुलनामा एचआईभीको संकट सानो देखिएको बताए।

कोरोना महामारी सुरुवातमै रहेकाले सावधानी अपनाउनुको विकल्प नरहेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .