गोदावरी नगरपालिका–३ टौखेलमाएक युवाको मंगलबार राति शव फेला परेको छ।
चन्द्रागिरि नगरपालिका– १० स्थायी ठेगाना भइ लाहा टौखेलमा बस्दै आएका ३८ वर्षीय अमित शाहीको शव फेला परेको हो। उनको हत्या भएको हुनसक्ने आशंका प्रहरीको छ।
राति साढे १ बजेतिर भएको घटनाबारे जानकारी पाएपछि महानगरीय प्रहरी प्रभाव बाडेगाउँ र महानगरीय प्रहरी वृत्त सातदोबाटोको टोली घटनास्थलमा पुगेको थियो। बुधबार बिहान करिब साढे ९ बजे शाहीको शव अनुसन्धानका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए।
मृतकका भाइ अमरले दाजुको हत्या भएको आशंका गरी हत्यारालाई खोजेर दण्ड गरिनुपर्ने माग गरेका छन्। हत्या भएको उक्त स्थान मकैबारी रगतले लतपतिएको थियो। रासस
प्रतिक्रिया