ad ad

समाज


गण्डकीमा तीन कोरोना संक्रमित निको भए, एक थपिए

गण्डकीमा तीन कोरोना संक्रमित निको भए, एक थपिए

वाशुदेव मिश्र
जेठ २८, २०७७ बुधबार ८:३९,

गण्डकी प्रदेशमा तीन जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् भने एक नयाँ संक्रमित थपिएका छन्।

बुधबार गण्डकी प्रदेशको स्याङ्जाका तीन जना कोरोना संक्रमित उपचारपछि घर फर्केका हुन भने नवलपरासी (सुस्तापूर्व)को देवचुली नगरपालिकाका एक ४० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

 संक्रमण देखिएर स्याङ्जा जिल्ला अस्पतालको आइसोलेसनमा बसेका तीन जनाको पछिल्लो पीसीआर परीक्षण नेगेटिभ आएसँगै कोरोनामाथि विजय भएसँगै उनीहरु डिस्चार्ज भएका हुन्।

अस्पतालमा रहेका २१,२७ र ४० वर्षीय पुरुषहरु रिपोर्ट नेगेटिभ आएसँगै घर फर्केका छन्। उनीहरुमध्य २ जना स्याङ्जाको गल्याङ र एक जना वालिङ नगरपालिकाका हुन्।

जिल्ला अस्पताल स्याङ्जाकी मेडिकल अधिकृत डाक्टर अन्जु अर्यालका अनुसार अहिले उनीहरु एकदमै स्वस्थ छन्। स्याङ्जाको हेलुमा रहेको आइसोलेसनमा अहिले ३४ जनाको उपचार भइरहेको पनि उनले जानकारी दिइन्। आइसोलेसनमा रहँदा उनीहरुलाई आयुर्वेदिक औषधि पनि खुवाइएको थियो।

 यता गण्डकी स्वास्थ्य निर्देशनालयले संक्रमणलाई जितेको पुष्टि गर्दै उपचाररत सबै बिरामीहरलाई उच्च मनोबल बनाउन र धैर्य हुन आग्रह गरेको छ।

बुधबार नै नवलपरासीको देवचुली नगरापालिका घर भइ सोही पालिकाको क्वारेन्टिनमा रहेका १ पुरुषमा कोरोना संक्रकमण पुष्टि भएर अहिले राजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४५ पुगेको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .