ad ad

समाज


कर्णाली टिपर दुर्घटना : दुई मृतकको पहिचान खुल्यो, तीन जना अझै बेपत्ता

कर्णाली टिपर दुर्घटना : दुई मृतकको पहिचान खुल्यो, तीन जना अझै बेपत्ता

नेपालखबर
जेठ २८, २०७७ बुधबार ९:३,

कालिकोटस्थित कर्णाली नदीमा भएकाे टिपर दुर्घटनाका दुई मृतकको परिचय खुलेको छ।

 मृत्यु हुनेहरुमा रास्कोट नगरपालिका २ का शर्मिला सार्की र थम्की सार्की रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख (डीएसपी) श्याय ओलीयाले जानकारी दिए।

सो दुर्घटनामा अन्य तीन जना अझै बेपत्ता रहेको डीएसपी ओलीयाले जानकारी दिए। बेपत्ता हुनेमा रास्कोट नगरपालिकाका सोविन्द्र सार्की, धीर सार्की, कुल सार्की, कमर सार्की, धनरुपा सार्की र प्रकाश सार्की रहेका छन्।

दुर्घटनामा नौजना घाइते भएका छन्। घाइते हुनेमा रास्कोट नगरपालिकाका अनिता सार्की, सपना सार्की, गोविन्द्र सार्की, मीना सार्की, कमला सार्की, देवराज सार्की, पूजा सार्की, विवेक सार्की, निस्पता सार्की रहेका छन्। उनीहरुको उपचार जिल्ला अस्पताल कालीकोटमा भइरहेको प्रहरीले जनाएको छ। २२ जनाको भने सकुशल उद्धार गरिएको छ।

प्रहरीले टिपर चालक २९ वर्षीय रंगनाथ धमलालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

बुधबार बिहान कालीकोटको लालीघाट नजिकै जिते बजारबाट भारततबाट फर्किएका यात्रु लिएर क्वरेन्टिनतर्फ जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिपर जितेबजारको पारीपट्टी कर्णाली र तिला नदीको संगमस्थलमा खसेको थियो।

३९ जना सवार रहेको टिपर बुधबार बिहान करिब १० बजेर ४० मिनट जाँदा लालीघाटस्थित कर्णाली नदीमा खसेको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिए।

अहिले घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .