ad ad

समाज


सुदूरपश्चिममा थप ६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १६१ पुग्यो

सुदूरपश्चिममा थप ६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १६१ पुग्यो

गोकुल जोशी
जेठ २८, २०७७ बुधबार ११:१६,

बुधबार कैलाली र कञ्चनपुरमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ५ र कञ्चनपुरमा १ जनामा कोरोना संक्रमण देखिएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार कैलालीको टीकापुर नगरपालिकाका १९, २३, २५, २६ र ३५ वर्षीय पुरुष र कञ्चनपुरको बेलौरी नगरपालिकाका २२ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १६१ पुगेको छ। तीमध्ये १८ जना निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .