ad ad

समाज


पछिल्लो २४ घण्टामा नेपालमा २५० कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा २५० कोरोना संक्रमित थपिए

नेपालखबर
जेठ २९, २०७७ बिहिबार १०:३४,

पछिल्लो २४ घण्टामा नेपालमा २५० कोरोना संक्रमित थपिएका छन्।

संक्रमितमध्ये २३० पुरुष र २० जना महिला रहेका छन्।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा देशभर गरेर २५० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६१४ पुगेको प्रवक्ता गौतमले जानकारी दिए।

संक्रमितमध्ये ४ हजार २८५ पुरुष र ३२९ महिला रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .