सीले देशकै गरिबमध्ये एक क्षेत्र निङसिया हुई स्वायत्त क्षेत्रको वुजोङमा पुगेर त्यहाँका अल्पसंख्यक हुई मुस्लिम समुदायलाई भेटेर सबै सम्पन्न बन्ने आश्वासन दिएका हुन्।
मुस्लिम समुदायलाई सीले देशका सबै अल्पसंख्यक सरकारको ‘साझा समृद्धि’ कार्यक्रममको हिस्सा भएको बताउँदै चाँडै सबैको जीवनस्तरमा सुधार आउने विश्वास दिलाए।
सोमबार सी वुजोङ पुगेका थिए। बुुधबार सीको भ्रमणबारे चिनियाँ संचारमाध्यमले जानकारी दिएका थिए।
सिन्ह्वामा सीको भ्रमणबारे लेखिएको छ,‘गरिबीमा जीवन बिताइरहेका मानिस भेटेर सीले अल्पसंख्यक समूहलाई पछाडि पर्न नदिने प्रतिवद्धता व्यक्त गरे। सम्पन्न समाज निर्माणमा सबैको सहभागिता हुने सीको भनाइ छ।’
सिन्ह्वका अनुसार सीले भनेका छन्,‘साझा समृद्धि कार्यक्रमले चीनको उत्तम परम्परा र चिनियाँ विशेषतासहितको समाजवादी प्रणालीको ठूलो शक्तिलाई प्रतिनिधित्व गर्दछ जसले सबै जातीय समूहका मानिसलाई समृद्ध समाजका लागि हातमा हात मिलाएर हिँड्नको लागि सक्षम बनाउँछ।’
सीले सो क्रममा गरिबी निवारण, स्वच्छ वातावरण र पारदर्शी सरकारको बारेमा पनि भनाइहरु राखेका थिए।
स्थानीय उइगर मुसलमान समुदायमाथि दमन गरिरहेको अमेरिकी आरोपबीच चीनले सबै अल्पसंख्यकलाई सम्पन्न बनाउने बताएको हो।
बुधबार चीनले निङसियाका २ लाख मानिसलाई निर्माणको काम सिकाउने बताएको थियो। आगमी तीनवर्ष भित्र उनीहरु काममा पोख्न हुने सिन्ह्वाको भनाइ छ।
यस कार्यक्रमबाट उइगर मुसलमान समुदायका मानिसले अत्यधिक लाभ लिनसक्ने एससीएमपीले जनाएको छ।
Shares
प्रतिक्रिया